कांग्रेस महाधिवेशन : मतदानको समय राति ९ बजेसम्म

कांग्रेस महाधिवेशन : मतदानको समय राति ९ बजेसम्म

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी मतदानको समय थप गरिएको छ। मतदानको समय चार घण्टा थप गरेर रातको ९ बजेसम्म कायम गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कार्यतालिका अनुसार निर्वाचनको समय अपराह्न ५ बजेसम्म तोकिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि झन्डै साढे ११ बजे मात्र मतदान सुरु भएको थियो।

महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार