महिला खुला सदस्यमा डिला संग्रौलालाई सर्वाधिक मत, कसले कति मत पाए ? (सूचीसहित)

महिला खुला सदस्यमा डिला संग्रौलालाई सर्वाधिक मत, कसले कति मत पाए ? (सूचीसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्।

कूल ४६७९ खसेको मतमध्ये दोस्रो नम्बरमा पुष्पा भुसालले २७१८ र तेस्रो नम्बरमा आरजु राणा देउवाले २५३६ मत पाएर निर्वाचित भइन्।

यस्तै नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ चौथो स्थानमा अम्बिका बस्नेत २३३९, पाँचौमा ईश्वरी न्यौपाने २२५९, छैठौंमा सरिता प्रसाई २०९६, सातौमा रमा कोइराला पौडेल १८५८ मतसहित विजयी भइन्।

यस्तै सुशीला ढकाल आचार्य १८०८ र रंगमती शाही १७८९ मत ल्याएर विजयी भइन्। नौ जना महिला केन्द्रीय सदस्यमा आठ जना सभापति शेरबहादुर देउवापक्षका उम्मेदवार विजयी हुँदा शेखर कोइरालापक्षका एक जना मात्रै विजयी भएका छन्।

विजयी भएकामध्ये सरिता मात्रै शेखरपक्षका उम्मेदवार हुन्। यो समूहमा ३० जनाको उम्मेदवारी परेको थियो।

हेर्नुहोस् कसले कति मत पाए ?

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार