मुसिकोटमा स्वास्थ्य संस्था दर्ता, नबिकरण र स्तरोन्नती सम्बन्धी छलफल

मुसिकोटमा स्वास्थ्य संस्था दर्ता, नबिकरण र स्तरोन्नती सम्बन्धी छलफल

मुसिकोट । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा स्वास्थ्य संस्था दर्ता, नबिकरण, स्तरोन्नती तथा सेवा बिस्तार सम्बन्धी बनेको निर्देशिका २०७८ का बिषयमा छलफल गरिएको छ ।

स्वास्थ्यको लागि सक्षम प्रणालीको सहयोगमा नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाले नगरपालिकामा स्वास्थ्य संस्था दर्ता, नबिकरण, स्तरोन्नती तथा सेवा बिस्तार सम्बन्धी बनेको निर्देशिका २०७८ का बिषयमा छलफल गरेको हो ।

नगरपालिकामा स्वास्थ्य संस्था दर्ता, नबिकरण, स्तरोन्नती तथा सेवा बिस्तार गर्दा आवश्यक पर्ने दक्ष जनशक्ति र भौतिक पूर्वाधार लगायतको मापदण्ड सहितको निर्देशिका तयार गर्ने उद्देश्यले सरोकारवालासँग छलफलको आयोजना गरिएको छ ।

नगर प्रमुख देविलाल गौतमको अध्यक्षतामा सम्पन्न छलफलबाट स्वास्थ्य संस्था दर्ता, नबिकरण, स्तरोन्नती तथा सेवा बिस्तार सम्बन्धी निर्देशिका तयार गरिएको र उक्त निर्देशिकालाई बिधायन समिति मार्फत कार्यपालिका हुदै नगरसभाबाट अनुमोदन गरिने स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो ।

छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, नगरपालिका अन्तरगत सामाजिक विकास समिति संयोजक शुसिल गौतम, बिधायन समिति संयोजक हिम बहादुर पाण्डे, आर्थिक विकास समिति संयोजक कमला पुन, लेखा अधिकृत नरेन्द्र बिष्ट, जनस्वास्थ्य अधिकृत मान बहादुर खत्री, कानुन अधिकृत ललित बहादुर बुढा, स्वास्थ्यको लागि सक्षम प्रणालीका प्राबिधिक अधिकृत ऋषी न्यौपाने र सूर्य थापा, खलंगा सिटी हस्पीटलका सञ्चालक डाक्टर राजकुमार भुजेल, साझा मुराल हस्पीटलका सञ्चालक डाक्टर दिपक कुमार पुन, मनकामना लाइफ केयर हस्पीटलका सञ्चालक डाक्टर यज्ञ प्रसाद बिसी, नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार