कांग्रेस एक्लै चुनाव लड्नुपर्छ : महामन्त्री थापा

कांग्रेस एक्लै चुनाव लड्नुपर्छ : महामन्त्री थापा

फाइल तस्बिर

पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै हुने तर चुनावमा भने कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्ने बताउनु भएको छ। ‘अहिले जुन गठबन्धन छ, यो गठबन्धन तीनवटै तहको निर्वाचन भइञ्जेलसम्मै रहन्छ ।

किनकि गठबन्धन नरहे सरकार नै रहँदैन,’ महामन्त्री थापाले भन्नुभयो , ‘तर तीन वटै निर्वाचनमा कांग्रेस एक्लैले, आफ्नै तागतले चुनावी प्रतिस्पर्धा गर्नुपर्छ ।

बुधबार कोइराला समूहको भेलामा बोल्दै महामन्त्री थापा भन्नुभयो कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ।’ महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रा नदेखिएको बताउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार