कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा ओली

कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा ओली

मुसीकोट । नेपाल निजामति कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा देबहादुर ओली निर्वाचित हुनुभएको छ ।

युनियनको शनिबार खलंगामा सम्पन्न ८ औं जिल्ला अधिवेशनले ओलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत चयन गरेको हो । समितिको खुल्ला उपाध्यक्षमा यमबहादुर केसी, महिला उपाध्यक्षमा भीमा खड्का ओली, समावेशी उपाध्यक्षमा दिपलाल कँवर, सचिवमा छविलाल खड्का, सह–सचिवमा वेदबहादुर विष्ट र कोषाध्यक्षमा कल्पना शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
समितिको सदस्यहरुमा राजेन्द्र वली, प्रेमप्रकाश खड्का, गिता विसी, लिला शर्मा, लक्ष्मी खड्का वली, राजेन्द्र विसी, कर्णबहादुर ओली, डिल्लीबहादुर ओली, झुपबहादुर केसी र मंगला रोका सर्वसम्मत निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा धरणीधर केसी, गोपाल शर्मा, लक्ष्मण विक र ललितजंग खड्का चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार