मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो।

‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेले भने , ‘पिसीआरका लागि स्वाब दिएको छु, बेलुकीसम्म रिपोर्ट आउला।’

आफूलाई ज्वरो पनि आइरहेकोले निवासमा आराम गरिरहेको मन्त्री आलेले जानकारी दिए।
‘काम धेरै थियो, बिरामी परेर बर्वाद भयो,’ उनले भने, ‘आशा छ भरैको रिपोर्ट नेगेटिभ आउला।’

मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार