नेपाल महिला संघ बाँफिकोटको अध्यक्षमा नन्दा चयन

नेपाल महिला संघ बाँफिकोटको अध्यक्षमा नन्दा चयन

मुसिकोट । नेपाल महिला संघ बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको पालिका अधिवेशन सम्पन्न भएको छ । बाँफिकोटमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर २ का वडा सभापति प्रकाश खत्रीका अनुसार नन्दा केसी नाथको सभापतित्वमा २६ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

यस्तै उपसभापतिमा शर्मिला पौडेल, सचिव गीता दुलाल र फुलमाया विक, सह सचिव धनकुमारी खत्री र करिष्मा बुढा पुन चयन हुनुभएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य  सिता ओलीको  प्रमुख आतिथ्यता, नेपाल महिला संघ रुकुम पश्चिमका अध्यक्ष मनिषा भण्डारीको विशेष आतिथ्यता एवं नेपाली कांग्रेसका जिल्ला उप-सभापति हर्कसिङ खत्री लगायतको आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

टिका रानाले सञ्चालन गरेको भेलाको अध्यक्षता नेपाली कांग्रेसको बाँफिकोट गाउँपालिका सभापति जनक कुमार बाँठा मगरले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार