सीटीईभिटीका सबै परीक्षा स्थगित

सीटीईभिटीका सबै परीक्षा स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा परीक्षा गराउन सकिँदैन भनेर स्थगित गर्ने निर्णय गरेका छौं । परीक्षार्थी संख्या पनि ठूलो छ । सूचना भोलिको गोरखापत्रमा प्रकाशित हुन्छ ।’

परिषदले यहि १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषदले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार