रुकुम पश्चिममा कोरोना सङ्क्रमितको संख्या १३० पुग्यो

रुकुम पश्चिममा कोरोना सङ्क्रमितको संख्या १३० पुग्यो

मुसीकोट रुकुम पश्चिममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सोमबारसम्मको प्राप्त रिपोर्ट अनुसार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीका अनुसार जिल्ला अस्पताल सल्लेमा ११ जना‚ चौरजहारी नगरपालिकामा २ जना‚ त्रिवेणी गाउँपालिकामा २ जना र आठबीसकोट नगरपालिकामा ४ जनामा गरि जम्मा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

 योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १३० पुगेको छ । उनीहरु मध्य ३ जना अस्पतालमा उपचाररत छन भने १२७ जना होम आइसोलेसनमा रहेका छन।

यस्तै सूचना अधिकारी ओलीका अनुसार सोमबारसम्ममा १५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

 

 

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार