स्थानीय निर्वाचनका लागि सुरक्षा समितिले थाल्यो आवश्यक तयारी

स्थानीय निर्वाचनका लागि सुरक्षा समितिले थाल्यो आवश्यक तयारी

सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसंगै केन्द्रीय सुरक्षा समितिले पनि आवश्यक तयारीलाई तीव्रता दिएको छ ।

गृहमन्त्रीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको हो ।

आगामी निर्वाचन हुनसक्ने सुरक्षा चूनौतीका विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

त्यस्तै देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि समिक्षा गरिएको पोखरेलले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार