चुनावको तयारीमा लाग्न कार्यकर्तालाई महामन्त्री रोकायको आग्रह

मुसिकोट १३ मा काँग्रेसको पार्टि कार्यालय उद्घाटन

चुनावको तयारीमा लाग्न कार्यकर्तालाई महामन्त्री रोकायको आग्रह

मुसिकोट १३ मा काँग्रेसको पार्टि कार्यालय उद्घाटन

मुसिकाेट । नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले निकट भविष्यमा हुने स्थानीय तहको चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

शनिबार नेपाली कांग्रेस मुसिकोट नगरपालिका वडा नम्बर १३ को पार्टि कार्यालय उद्घाटन गर्नुहुदै महामन्त्री रोकायले अब सबै नेता तथा कार्यकर्ताहरु स्थानीय तहको चुनाव तर्फ केन्द्रीत हुन आग्रह गर्नुभएको हो ।

गुटउपगुटले पार्टीलाई असर  हुने भन्दै त्यसलाई त्यागेर चुनावमा लाग्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा छलफल भईरहको बताउनुभयो ।

उहाँले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने समेत दाबी गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्ने अधिकाश नेताहरुले विगतको स्थानीय तहको चुनावको समिक्षा गर्दै अब राम्रो र जनमत भएको व्यक्तिलाई टिकट दिनुपर्ने जोड दिएका थिए । वडा सभापति दलबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर ओली गर्नुभएको थियो भने सञ्चालन क्षेत्रीय प्रतिनिधि गोबिन्द केसीले गर्नुभएको थियो ।

स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डलाई पालन गरेर सञ्चालन गरिएको कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य सिता ओली, रिपबहादुर ओली, उप-सभापति सुरतजंग मल्ल, सचिब प्रमेश्वर भण्डारी, सह-सचिब यज्ञबहादुर बिष्ट, प्रदेश ‘क’ का सभापति महेन्द्र केसी, युवा नेता एवं महाधिबेशन प्रतिनिधि खड्गबहादुर डाँगी, गोर्खबहादुर खत्री, मुसिकोट नगर सभापति प्रेमबहादुर ओली, प्रदेश प्रतिनिधि कमला केसी, तरुण दलका अध्यक्ष लोकेन्द्र केसी, दलित संघका सभापति प्रविर ददेल, नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष देब बहादुर ओली, नेता दिनेश खड्का, वडा सभापतिहरु लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाली काँग्रेस मुसिकोट नगर समितिका सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार