कांग्रेस प्रवक्तामा प्रकाशशरण महत

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिनुभएको छ । सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गर्नुभएको हो ।

नेता महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित हुनुभएको थियो । त्यसपछि सभापति सभापति देउवाले उहाँलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो ।

नेपाली कांग्रेसमा केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ। महत यसअघि कांग्रेस सहमहामन्त्री हुनुहुन्थ्यो। यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा हुनुहुन्थ्यो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार