अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

वैशाख २ काठमाडौँ

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका ३ जनामध्ये २ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

मन्त्रालयका अनुसार अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना भाइरसको शंका भएसँगै थप पुष्टिका लागि सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएकामध्ये एक ५८ वर्षिया पुरुष र अर्की ८१ वर्षिया महिला रहेको मन्त्रालयले जनाएको छ । पीसीआरबाट थप परीक्षण गर्दा समेत उनीहरूको पोजेटिभ रिपोर्ट देखिएको हो ।

बाँकी १ जनाको हालको परिक्षणमा कोभिड(१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू यसअघि टाउन प्लानिंङस्थित निवासमा बसोबास गर्दै आएको मन्त्रालयले जनाएको छ । उनीहरूलाइ सोमबार नै पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको पनि जनाएको छ । त्यहाँ देखिए संक्रमितहरूसँग संलग्नहरूको ‘ट्रयासिङ’ गर्न पनि सुरू भएको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार