रुकुम पश्चिममा पनि बन्दको प्रभाव

रुकुम पश्चिममा पनि बन्दको प्रभाव

फाईल तस्बीर ।

मुसिकोट । नेत्रविक्रम चन्द विप्लवलगायत विभिन्न ६ दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव रुकुम पश्चिममा पनि परेको छ ।

बन्दका कारण बिहानदेखि सार्वजनिक तथा निजी सवारी साधन चल्न सकेका छैनन् भने बैक तथा बितीय संस्था, शिक्षण संस्थाहरु पनि बन्द रहेका छन । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन्

बन्दलाई लक्षित गदै सुरक्षा सतर्ककता बढाईएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

अहिले खलंगा बजारको मुख्य मुख्य चोकमा बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो।

बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार