मृत्यु संस्कारमा जाने व्यक्तिलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास बन्द

मृत्यु संस्कारमा जाने व्यक्तिलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास बन्द

बैशाख ३ काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस अघि वितरण गर्दै आएको सवारी पास बन्द गरेको छ ।

पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।

कार्यालयका अनुसार कुनै परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बोहक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार