नबराजको उपचारमा आर्थिक अभाव, सहयोगको लागि अपिल

नबराजको उपचारमा आर्थिक अभाव, सहयोगको लागि अपिल

मसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलाका २१ बर्षिय नवराज खड्काको उपचारमा आर्थिक समस्या भएको छ ।

फोक्सो र मुटुको समस्याबाट ग्रसित खड्काको उपचारमा आर्थिक समस्या भएको हो । अहिले खड्काको काठमाडौँको ग्रान्डी अस्पतालको आईसियू कक्षामा उपचार भइरहेको छ ।

खड्काका  शुभचिन्तक रामचन्द्र खड्काका अनुसार उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि सामाजिक सञ्जाल मार्फत सहयोगको आह्वान गरिएको हो ।

अहिले शुभचिन्तकहरु बाट सहयोग रकम जुट्न सुरु भएको छ । खड्काको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले एभरेष्ट बैंक रुकुम शाखा रहेको खातामा सिधै जम्मा गर्न सकिनेछ ।

खातावालाको नामः दिलिप रावल

एभरेष्ट बैंक रुकुम शाखा

खाता नम्बर : ०५५००५०१२०३३८४

सम्पर्क : ९८६६९१९४९१

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार