चितवनमा र्‍याापिड टेस्टमा एक जनामा कोरोना पोजिटिभ

चितवनमा र्‍याापिड टेस्टमा एक जनामा कोरोना पोजिटिभ

बैशाख ३ काठमाडौ
चितवनको रत्ननगरमा गरिएको र्‍याापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)  परीक्षणको क्रममा एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा बुधबार र्‍यापिड डाइग्नोस्टिक परीक्षणको क्रममा एक व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको हो।

चितवमा कोरोना परिक्षण ल्यावका प्रवक्ता कृष्णसागर शर्माका अनुसार आरडीटी प्रविधिमार्फत परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर मार्फत परिक्षण गर्न स्वाव प्रयोगशालामा ल्याइएको जानकारी दिए।

उनले भने ‘पोजेटिभ देखिएका व्यक्तिको ट्राभल हिस्ट्री खोजीदैछ, उनी पुरुष भएको र कोरियाबाट आएको भन्ने बुझिएको छ, अब रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार