भोलि देखि कसैलाई पनि लामो दूरीको बाटो हिँडेर जान नदिइने

भोलि देखि कसैलाई पनि लामो दूरीको बाटो हिँडेर जान नदिइने

बैशाख ५ काठमाडौँ
सरकारले अबदेखि  कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको समितिका एक सदस्‍यले बताउनु भयो ।

उहाँका अनुसार प्रधानमन्त्रीले जो जहाँ छ उसलाई त्‍यहीँ बस्न निर्देशन दिने र खानाको समस्‍या परेकालाई सरकारले व्‍यवस्था मिलाउन निर्देशन दिइएको बताएको छ ।
अहिले नागरिकहरू जथाभावी हिँड्ने र लकडाउन पालना नगर्ने हो भने पछिको अवस्था भयावह हुन सक्ने भन्दै कडाई गरिएको हो ।

यतै अहिले भावुक बन्ने बेला नभएको र यथार्थ जे हो त्यो परिपालना गर्न जोड दिएका थिए । आजको बैठकमा काममा लगाउने ठेकेदारले मजदुरहरूको व्यवस्थापन गर्नुपर्ने कुरा उठेको र छिट्टै यसबारे पनि निर्देशन दिइने ती मन्त्रीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार