तनुश्रीको साथमा प्रियंका र टि्ंवकल

तनुश्रीको साथमा प्रियंका र टि्ंवकल

तनुश्रीको साथमा प्रियंका र टि्ंवकल

मुम्बई : भारतीय नायिका तनुश्री दत्ताले एक अन्तर्वार्तामा गरेको खुलासाले बलिउडमा सनसनी मच्चियो। उनले सुटिङमा एक चिरपरिचित अभिनेताले आफूलाई दुर्व्यहार गर्ने कोसिस गरेको बताएकी थिइन्। तनुश्रीका अनुसार गीतको सुटिङमा नाना पाटेकर उनको साथमा गलत ढंगबाट पेस भएका थिए। उनीसँग जबरजस्ती गर्ने कोसिस पनि भएको थियो। यही कारणले उनले फिल्म छोडेको बताएकी थिइन्।

कतिपय व्यक्ति यो खुलासा गलत भएको मान्दैछन् भने कतिपयले तनुश्रीको यो साहसलाई सलाम गरिरहेका छन्। अहिले नायिका प्रियंका चोपडा र टि्ंवकल खन्नाले पनि तनुको आरोपमा आफ्नो धारणा व्यक्त गरेका छन्। टि्ंवकलले एक पत्रकारको ट्विट सेयर गर्दै तनुश्रीलाई समर्थन गरेकी छन्; जसमा भनिएको छ, ‘ती व्यक्तिहरूलाई आफ्नो हातमा लिइएको छ, जो तनुश्री दत्ताको खुलासालाई लिएर अदालतमा पेस गरिँदै छ।’

ती महिला पत्रकार गीतको सुटिङको समयमा सेटमा नै उपस्थित थिइन्। टि्ंवकलले तनुश्रीको साथ दिइरहँदा उनका पति अक्षय कुमार नाना पाटेकरको साथमा फिल्म ‘हाउसफुल ४’ मा काम गरिरहेका छन्। अक्षयले नाना पाटेकरको साथमा फिल्म ‘वेलकम’ मा पनि काम गरिसकेका छन्।

यता प्रियंका चोपडाले फरहान अख्तरको ट्विटलाई रिट्विट गर्दै तनुश्रीलाई समर्थन गरेकी छन्, ‘यस्तो घटनामा पीडितलाई विश्वास गर्नु आवश्यक छ।’ यता नाना पाटेकरले भने आफूमाथि लगेको आरोपमा कानुनी उपचार खोज्ने बताएका छन्। तनुश्रीले आफूमाथि गलत आरोप लगाएको र यसका लागि तुरुन्त माफी माग्न लिगल नोटिस पठाएका छन्। – एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार