नियमित खोप कार्यक्रमलाई निरन्तरता दिइने

नियमित खोप कार्यक्रमलाई निरन्तरता दिइने

बैशाख ८ काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

कोरोनाको सङ्क्रमणको जोखिमका कारण खोप  लगाउने नलगाउने भन्ने अन्यौल भइरहेका बेला स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अभिभावकले नजिकैको स्वास्थ्य(संस्थामा गएर खोप लगाउन सक्नेछन् ।

नियमित खोप कार्यक्रमलाई निरन्तरता दिए पनि विशेष अभियान भने स्थगित भएका छन् ।  भिटामिन ए, जुकाको औषधि, पोलियो थोपा खुवाउनेजस्ता अभियानमा लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने डाक्टर देवकोटाले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार