रुकुममा प्रदेश लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया

रुकुममा प्रदेश लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया

मुसिकोट । रुकुम पश्चिममा प्रदेश लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश लोकसेवा आयोगको आयोजनामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बुधबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सञ्चालित उक्त कार्यक्रममा प्रदेश अन्तर्गतका कार्यालय कार्यालय प्रमुख, प्रहरी प्रमुख लगायत जिल्ला स्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागीता रहेको थियो ।

प्रदेश लोक सेवा आयोगका सचिव भूपेन्द्र थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायको प्रमुख अतिथ्यता, आयोगका सदस्य वसन्ती शाहीको विशेष अतिथ्यता र रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश लोकसेवाले स्थापना कालदेखि हालसम्म गरेका क्रियाकलाप तथा भावी योजनाहरु प्रस्तुत गरिएको थियो भने सहभागीहरूले प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको भर्ना छनौट, नियुक्ति, सरूवा/वढुवा, कर्मचारी बृत्ति विकास लगायतका बिषयमा जिज्ञासा राख्नुभएको थियो ।

अन्तरक्रियामा उठेका बिभिन्न सवालहरूलाई आयोगका अध्यक्ष र सचिवले जवाफ दिनुभएको थियो ।  कार्यक्रमको सञ्चालन आयोगका शाखा अधिकृत चन्द्र बहादुर शाहीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार