दश डिआइजीको पदस्थापन, कर्णाली प्रदेशमा बसन्त पन्त

दश डिआइजीको पदस्थापन, कर्णाली प्रदेशमा बसन्त पन्त

बैशाख ८ काठमाडौ

प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन र केहीको सरूवा गरेको छ।  सोमबार गरिएको १० पदस्थापनमध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।

यसरी जिम्मेवारी पाउनेमा प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्याल रहेका छन्।

त्यस्तै, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी रहेका छन्।  यसैगरी, सिआइबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ। थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए।

विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ। प्रदेश २ को डिआइजीमा प्रद्युम्न कार्की थिए।   त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ।  प्रहरी तालिम केन्द्रको जिम्मेवारी प्रकाशजंग कार्कीलाई दिइएको छ भने अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको छ। उनीहरुको ७ वैशाखको मन्त्रिस्तरीय बैठकले बढुवाको निर्णय गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार