पार्टी भित्रकै दबाब थेग्न नसकेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने तयारीमा

पार्टी भित्रकै दबाब थेग्न नसकेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने तयारीमा

बैशाख ११ काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ गते आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिनुको विकल्प नभएका बताएका थिए। उनले स्थायी समितिका सदस्यहरूको धारणा अनुसार बैठक बोलाउन समेत प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार