मुसिकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुसिकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुसिकोट । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी रुकुम पश्चिमको मुसिकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला अदालत रुकुमका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खड्क बहादुर केसीले बिहिबार एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गर्नुभएको हो । केसीले निर्वाचन निष्पक्ष धाँधली रहित हुनेमा आफू ढुक्क रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘निर्वाचन प्रजातन्त्रको आधारस्तम्भ हो । निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सबैको हातेमालो गर्न जरुरी छ ।’

यस्तै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनु सबै राजनीतिक दलहरुको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो ‘एकीकृत सुरक्षा योजना निर्माण गरेर निर्वाचनको बेला शान्ति सुरक्षा कायम गरिने छ ।

कार्यालय स्थापना कार्यक्रममा जिल्लाास्थित दलका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । दलहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्वता व्यक्त गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै रुकुम पश्चिममा चुनावी चहलपहल सुरु भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार