पत्रकार महासंघ प्युठानकी उपाध्यक्ष बसन्ता भट्टको निधन

पत्रकार महासंघ प्युठानकी उपाध्यक्ष बसन्ता भट्टको निधन

वैशाख ११ काठमाडौं
नेपाल पत्रकार महासंघ प्युठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको ४४ वर्षको उमेरमा निधन भएको छ ।  लामो समयदेखि उपचार गराउँदै आएकी भट्टको बिहीबार बिहान ९ः४५ बजे प्युठान खलंगास्थित उहाँकै निवासमा निधन भएको हो ।

महासंघ प्यूठान शाखाको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष पदमा रहेर उपाध्यक्ष भट्ट विकास सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्ष हुनुहुन्थ्यो ।  उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक जुझारु र अनुभवी महिला पत्रकार गुमाएको नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले शोक विज्ञप्ति जारी गरी स्वर्गीय भट्टप्रति श्रद्घाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन ।

उहाँ पत्रकार महासंघ प्यूठान शाखाका संस्थापक एवं कानुन व्यवसायी मेघराज भट्टको धर्मपत्नी हुनुहुन्छ । यस्तै उजेली न्यूज डटकमको तर्फबाट पनि मृतक बसन्ता भट्टको आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार