डा.भीमार्जुनको टिप्पणी : यही काम सर्वसाधारणले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो

डा.भीमार्जुनको टिप्पणी : यही काम सर्वसाधारणले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो

बैशाख १२ काठमाडौ
संविधानविद डा.भीमार्जुन आचार्यले समाजवादी पार्टीका सांसद डा. सरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याईएको प्रकरणबारे कडा टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीका लागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो भन्ने तर्क गर्नुभएको छ । तर, यो घट्ना शक्ति निर्देशित र सत्ता संरक्षित भएकोले प्रहरीले चासो नलिएको पनि उहाँको दाबी छ ।

आचार्यले महेश बस्नेत र किसान श्रेष्ठ, र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादी पार्टीका सांसद डाक्टर यादवलाई काठमाडौं ल्याईएको घट्नाबारे यस्तो टिप्पणी गर्नुभएको हो । “यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीकालागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो ।

शक्ति निर्देशित र सत्ता संरक्षित घटना भएकाले प्रहरीले चासो लिने कुरा भएन। सत्ता उन्माद र शक्ति दुरूपयोगको यो पराकाष्टा हो। अति गरेपछि अनिष्ट हुन सक्छ, समय मै होस पुर्याउँ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार