अनलाइनमा चिठ्ठा पर्‍यो भनी रकम मागे नदिनु : नेपाल प्रहरी

अनलाइनमा चिठ्ठा पर्‍यो भनी रकम मागे नदिनु : नेपाल प्रहरी

नेपाल प्रहरीले अनलाइनमार्फत कसैले चिठ्ठा पर्‍यो भन्दै कर भुक्तानीका लागि रकम माग गरे नदिन आग्रह गरेको छ । प्रहरीको साइबर व्युरोले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइनमार्फत चिनजान भएका कसैले पनि रकम माग गरे नदिन सचेत गराएको हो ।

पछिल्लो समय अनलाइनमार्फत गिफ्ट पठाइदिने र त्यसका लागि कर तिर्न चाहिने भन्दै रकम माग गर्नेहरू बढेको प्रहरीले जनाएको छ । अनलाइनमार्फत ठगी गर्ने क्रम बढेको छ । अनलाइनमार्फत आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार