नेपाली कांग्रेसको माग सांसद विकास कोष खारेज गरौँ

नेपाली कांग्रेसको माग सांसद विकास कोष खारेज गरौँ

बैशाख १८ काठमाडौ

नेपाली कांग्रेसले सांसद विकास कोष खारेज गर्न माग गरेको छ। कोष खारेज गरी कोरोनाभाइरस संक्रमण रोकथाममा लगानी बढाउनुपर्ने कांग्रेस केन्द्रिय समितिले निर्णय गरेको छ।

कांग्रेसको बुधबार साँझ सकिएको केन्द्रिय समिति बैठकले संघीय संसद तत्काल बोलाउनुपर्ने निश्कर्ष पनि निकालेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। कोरोनाको महामारीविरुद्ध गम्भीर भएर लाग्नुको सट्टा सरकार अन्य गैरराजनीतिक काममा लागेको पनि विज्ञप्तिमा जनाइएको छ।

कांग्रेस बैठकले वर्तमान सरकारले शासन नर्गे राजनीतिक र नैतिक आधार गुमाएको ठहर पनि गरेको छ। सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्न, संविधानका मूलभूत भावनालाई भत्काउन निरन्तर लागिपरेको तथा एकपछि अर्को भ्रष्टाचार भइरहेको ठहर पनि गरेको छ।

सरकारले राज्य संवेदनशील संरचनाहरुलाई कब्जा गर्ने क्रियाकलापहरुलाई झन तिव्रता दिएको नेपाली कांग्रेसको दाबी छ । नेपाली कांग्रेसको अगुवाईमा विपक्षी दल र आम जनताको विरोधका कारण जारी अध्यादेश फिर्ता लिए पनि सरकारको प्रवृत्तिमा कुनै परिवर्तन नआएको विज्ञप्तिमा उल्लेख छ।

बैठकले सांसद डा. सुरेन्द्र यादव अपहरण घटना गम्भीर एवं अक्षम्य घटनाका रुपमा लिएको भन्दै अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गरेको छ। सरकारका गलत क्रियाकलापका विरुद्ध सबै दल र नागरिक समाजसँग सहकार्य गरी संघर्ष गर्ने पनि बैठकले निर्णय गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार