बम बिस्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु

बम बिस्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु

बैशाख १८ काठमाडौ
रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालवालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ वालवालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिका वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभएको छ ।

अहिले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेको वडाध्यक्ष बुढाले बताउनु भयो । घटनास्थलमा राईफलको गोली जस्तै देखिने बम पनि रहेकाले डिस्फोजका लागि दहवन स्थित नेपाली सेनाको एकटोली घटना स्थल तर्फ आउदै गरेको वडाध्यक्ष वुढाले जानकारी दिनुभयो ।

सशस्त्र द्धन्दको समयमा तत्कालिन माओवादीले लुकाएर राखेको वम वालवालिकाहरुले खेल्ने क्रममा भेट्टाएको हुने सक्ने आशंका गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार