वाइवाइ चाउचाउको उत्पादन बन्द

वाइवाइ चाउचाउको उत्पादन बन्द

वैशाख १९ काठमाडौं
वाइवाइ चाउचाउले उत्पादन भएको ३६ वर्षमा पहिलोपटक उत्पादन रोकिएको छ । चैत्र ११ गतेदेखि बन्द भएको उत्पादनका कारण बजारमा अहिले वाइवाइ चाउचाउ पाइन छाडेको छ ।

लकडाउनका कारण उत्पादन रोक्नु परेको चौधरी समूहका कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो बजारमा माग बढेकोले अब बिस्तारै उत्पादन थाल्ने तयारी गरिएको छ ।

 

कतिपय पसलहरुमा वाइवाइ चाउचाउ अभाव भएको मौका छोपेर महंगोमा विक्री हुन थालेको छ । २० रुपैयाँमा किनिरहेको चाउचाउ २५ रुपैयाँभन्दा बढी तिरेर किन्नुपरेको गुनासो उपभोक्ताहरुले गरेका छन् । खुद्रा विक्रेताहरुले अभावको मौका स्टकमा रहेका चाउचाउमा कालोबजारी गरेपनि सरकारी नियकायहरुले चासो दिएका छैनन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार