दक्षिण एसियामा कोरोनाको अवस्था : भारतमा सबैभन्दा बढी

दक्षिण एसियामा कोरोनाको अवस्था : भारतमा सबैभन्दा बढी

बैशाख २० काठमाडौ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाकिस्तानमा १८ हजार नाघेको छ।  हालसम्म पाकिस्तानमा १८ हजार १ सय १४ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ४ सय १७ जनाको मृत्यु भएको छ।

पछिल्लो समय दक्षिण एसियाली देशहरुमा पनि कोरोनाको प्रकोप बढ्दै गएको छ। दक्षिण एसियामा भारत कोरानाबाट सबैभन्दा बढी प्रभावित बनेको छ।  भारतमा हालसम्म ३७ हजार ३ सय ३६ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२ सय २३ जनाको मृत्यु भएको छ।

यस्तै बंगलादेशमा हालसम्म ८ हजार ७ सय ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ सय ७५ जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा अहिलेसम्म २ हजार ४ सय ६९ जना कोरोनाबाट संक्रमित भएका छन् भने ७२ जनाको मृत्यु भएको छ। यसैगरी श्रीलंकामा ६ सय ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ, ७ जनाले ज्यान गुमाएका छन्।

यस्तै माल्दिभ्समा हालसम्म कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४ सय ९१ जना संक्रमित बनेका छन्। नेपालमा हालसम्म ५९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार