धान बोकेर आएको ट्रकबाट १७ लाख ९० हजार रुपैयाँ बरामद

धान बोकेर आएको ट्रकबाट १७ लाख ९० हजार रुपैयाँ बरामद

बैशाख २४ सर्लाही

भारतबाट धान बोकेर आएको ट्रकलाई सर्लाही भन्सार चेकपोष्ट मलङ्गवामा जाँच गर्ने क्रममा रु १७ लाख ९० हजार नेपाली बरामद भएको छ ।

भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस मलङ्गवाको टोलीले आज सर्लाही भन्सार चेकपोष्टमा जाँच गर्नेक्रममा उक्त रकम बरामद गरेको हो ।

भारतको विहार राज्यको सीतामढी जिल्लाको मुजेलियाबाट धान बोकेर नेपाल भित्र्यायाउन लागिएको बीआर ३० जिए २४५८ नम्बरको भारतीय ट्रकबाट रु १७ लाख ९० हजार नेपाली बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

ट्रकका चालक रामललित मण्डल र सहचालक नीरज कुमारलाई नियन्त्रणमा लिएको उनले बताए ।

दुवै जना भारतीय नागरिक रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

भारतबाट धान लिएर आएको ट्रक सर्लाहीको ईश्वरपुर नगरपालिकाको राईस मिलमा जान लागिएको थियो । बरामद रकम हुण्डी कारोबारीको हुनसक्ने सशस्त्र प्रहरीको अनुमान छ ।

बरामद रकम सर्लाही भन्सार कार्यालय मलङ्गवमा आजै बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सञ्जीतकुमार सिंहले जानकारी दिए । – रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार