लिपुलेक–कालापानी क्षेत्रमा सशस्त्र प्रहरी खटाउने तयारी

लिपुलेक–कालापानी क्षेत्रमा सशस्त्र प्रहरी खटाउने तयारी

बैशाख २९ काठमाडौं
सिमा सुरक्षाको लागि दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी खटाउने तयारी भएको छ । व्यास गाउँपालिका १, छाङरुमा यसअघि नै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपी स्थापना गर्ने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार तत्कालका लागि अस्थायी र संरचना बनेपछि स्थायी रूपमा बस्ने गरी सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइन लागेको हो । सोही क्षेत्रमा बीओपी स्थापनाका लागि जमिनसमेत सशस्त्र प्रहरीले प्राप्त गरिसकेको छ ।
कालापानी र लिपुलेक व्यास गाविसमै पर्छ । स्थानीयका अनुसार सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भनिएको स्थानबाट कालापानी झन्डै  १० किलोमिटर र लिपुलेक १५ देखि २० किलोमिटर पर्छ ।

हाल भारतसँग सीमा जोडिएका ११९ स्थानमा बीओपी रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविन श्रेष्ठले जानकारी दिनुभएको छ । यसअघि स्थायी संरचना बनेपछि मात्रै सशस्त्रको टोली जाने बताइएको थियो । तर भारतले नेपालको भूमि हुंदै चीनसम्म पुग्ने सड्क निर्माण गरेपछि तत्काल सशस्त्र प्रहरी परिचालनको तयारी भएको हो ।

तत्काल प्रहरी निरीक्षकको कमान्डमा टोली पठाउने तयारी छ । डीआईजी श्रेष्ठका अनुसार काठमाडौंबाट हेलिकप्टर वा सुदूरपश्चिमबाटै पनि टोली पठाउनेबारे आवश्यक छलफल भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार