जेठ ५ गते सम्म कपिलवस्तु जिल्ला सिल

जेठ ५ गते सम्म कपिलवस्तु जिल्ला सिल

बैशाख २९ काठमाडौ
पछिल्लो समयममा कोरोना भाइरस को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गते राती १२ बजे सम्म गर्ने भएको छ ।  जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट लागुहुने गरि जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

स्थास्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम  जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ ।

भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभएको छ । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका छन ।

यस्तै सिल अवघिभर पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार