भेरी नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

भेरी नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

प्रतीकात्मक तस्बिर

मुसिकोट । रुकुम पश्चिममा भेरी नदिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन्। चौरजहारी नगरपालिका -२ रानिसागर स्थित भेरी नदिमा पौडी खेल्ने क्रममा एक जना युवक डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले बेपत्ता हुनेमा दाङको घोराही उप महानगरपालिका १३ निवासी २६ बर्षिय बसन्त बुढा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दिउँसो नदिमा पौडी खेल्ने क्रममा बुढा बेपत्ता भएका हुन ।

मध्यपहाडी राजमार्गमा नाली निर्माणको जिम्मा लिएको सिस्ने हिमाल डिलक्स प्रालीको कामको लागि बालुवा, गिट्टी लिन बुढा भेरी नदि गएका थिए । बेपत्ता बुढाले रा १ ख २५११ नम्बरको टिप्पर चलाउदै आएका छन ।

यस्तै सह-चालक हिमाल केसीले चालक बुढा पौडी खेल्ने क्रममा बेपत्ता भएको भनी प्रहरीलाई सूचना दिएका थिए । सूचना पाउन साथ घटनास्थल पुगेको प्रहरी टोलीले बेपत्ता बुढाको खोजी कार्य तीब्र पारेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार