आगलागीमा परी श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

आगलागीमा परी श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

जेठ ३ रुकुम पश्चिम                                               रुकुम पश्चिमकाे आठबीसकोट नगरपालिका–३ खदीकाे एक घरमा शनिबार बिहान  आगलागी हुँदा  ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको छ ।                आगाे निभाउने क्रममा उनका श्रीमान डम्बर देवकोटा घाइते भएकाेे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिएका छन । अहिले  घाइते देवकोटाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।                                                                     बिहान खाना पकाउने क्रममा काेेेठामा राखिएकाे  पेट्रोल पाेखिए पछि आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीका कारण  घरभित्रको सबै सामान जलेर नष्ट भएका छन । तस्बिर : रुपा एसपीकाे फेसबुकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार