पहिलोपटक कर्णाली प्रदेेेेेशमा ३५ वर्षीय युवालाई कोरोना संक्रमण पुष्टी

पहिलोपटक कर्णाली प्रदेेेेेशमा ३५ वर्षीय युवालाई कोरोना संक्रमण पुष्टी

जेठ ५ काठमाडौ । दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिनुभएको छ ।                                                                                   सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि  थप परीक्षणको लागि नेपालगंज पठाइएकाेे थियो  । नेपालगंजमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागी दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा उनीसहित ३८ जना बस्दै आएको पर्वसिंह विश्वकर्माले बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार