सोती घटनाका संलग्नको आ आफनै धारणा खासमा यस्तो भएको थियो भिडियो सहित

सोती घटनाका संलग्नको आ आफनै धारणा खासमा यस्तो भएको थियो भिडियो सहित

उजेली डेक्स

जेठ १३ रुकुम पश्चिम

जेठ १० गते शनिबार बेलुका करिब ५ः३० मा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक सहित १९ जना युवा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा पुगे । नवराज त्यहाँ साथीहरु लिएर पुग्नुको एउटा मात्रै कारण थियो सोतीकै १७ बर्षकी मल्ल थरकी नाम उल्लेन नगरिएको युवतीलाई भगाएर ल्याउने । किनकी नवराज र ती युवती बिचको तीन बर्षदेखि प्रेम सम्बन्ध थियो । त्यो कुरा युवती पक्ष र नवराजका आफन्तले थाहा पाएका थिए । तर उनीहरु जात नमिलेपनि विवाह बन्धनमा बाँधिन चाहन्थे ।
तर त्यो सबै सम्भव भएन । दुलही लिन गएका उनीहरु माथि केटी पक्षका स्थानीयहरुले आक्रमण गरे । गाउँले उनीहरु सबैलाई कुटपिट गर्दै भेरी नदि सम्म लखेटे । ज्यान जोगाउने भन्दै उनीहरुले नदिमा हाम फाले भेरी नगरपालिका ४ का सुदीप खड्काले हामी सँग ईलाका प्रहरी कार्यालय चौरजहारीमा कुरा गर्दै भने यस्तो घटना हुने थाहा पाएको भए हामी आउने थिएनौ । पुरै गाँउ उर्लेर आएका थिए । ठकुरीको छोरी लिन खोज्ने साले डुमहरु भन्दै हामीलाई कुटपिट गरे । हामी झगडा गर्न उदेश्ले गएका थिएनौ । कसैलाई केहि पनि गरेका थिएनौ । हामी बाटोमा बसेका थियौ । ढुंगा, दाउराले हाने । दुई जना महिलाले त हसिया ल्याएर हाम्रो साथीहरुलाई उल्टोतिरबाट हाने । मलाई पनि कुटे । हामीले नदिमा हाम फालेर पौडी खेलेर नदी तरेका थियौ गाउँका केटाहरु वारीबाट आएर कुटपिट गरे । मेरो पछाडिको पुरै शरिरमा घाउ छ अहिले पनि खुटा दुख्छ राम्रो सँग हिडन सकेको छैन । भिडियो सहित

 

 

उक्त घटनामा बेपत्ता भएका ६ जना मध्ये ३ जनाको यो समाचार तयार पर्दा सम्म नवराज विक, टिकाराम सुनार र गणेश बुढाको भेरी नदिमा शब फेला गरेको छ भने सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझै वेपत्ता छन । मृत्यु भएकाहरुको शब जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ तर पनि अहिले सम्म पोष्टमाटम भएको छैन । घाईत १२ जनाको चौरजहारी अस्पतालमा उपचार पछि घर पठाएको छ ।

अहिले सम्म ईलाका प्रहरी कार्यालय चौरजहारीले वडा अध्यक्ष डम्बरबहादुर मल्ल, युवती, केटीका बुवा बीर बहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्ल, मान बहादुर मल्ल र विजय मल्ललाई पक्राउ गरिएको छ । घटना जातकै कारण भएको हो होइन अहिले सम्म आधिकारिक रुपमा केहि भन्न नसकिएपनि घटनाका घाईतहरुले भने जातीय विभेदका कारण भएको बताएका छन । घटनाका घाईत आशिष विक र सरोज भँडेलले आफुहरु केटीको गाउँ पुगेदेखि गाउँलेहरुले तिमि डुमहरुलाई छोरी दिने अब तिमिहरु मरछौ भन्दै गालीगलौज गर्दै ढुंगामुडा गरेर कुटपिट गरेको बताएको छ ।

हामीले यसै बिषयमा घटनामा प्रत्यक्ष जोडिएका सोतीकै मान बहादुर मल्लाई ईलाका प्रहरी कार्यालय चौरजहारीमा भेटेका थियौ । उनले जातकै कारण उनीहरु माथि हातपात नभएको बताए । म घरमै थिए पारिका केटाहरु लोकेन्द्र घर्ति र बिनोद मल्ललाई हान्ने भनेर आएका थिए । ति केटाहरु मेरो घर हुदै बिनोद मल्लको घर तिर गए त्यस दिन बिनोद मल्ल म सँगै थियो । त्यसै विचमा बिनोद मल्ल र लोकेन्द्र्र घर्ती लाई सेभमा राख्नुभन्दै मलाई फोन आयो मैले बिनोदलाई मेरो घर भित्रै राखेको थिए । केटाहरु मेरो घर अगाडी आइसकेका थिए । उनीहरुलाई मैले लकडाउनको बेला किन यहाँ आएको भन्दा उनीहरुले हामीहरु काफल खानआएको भन्दै बिनोदको घतर्फ गए । भिडियो सहित

स्थानीयका अनुसार गत चैत्रमा पनि नवराज र युवतीले विवाहको प्रयास गरेका थिए । विवाहका लागि चौरजहारी पुगेका नवराजलाई केटाका आफन्त वडा अध्यक्ष डम्बरबहादुर मल्लले प्रहरी लगाएर पक्राउ गराए तर एक रात हिरासतमा राखेपछि प्रहरीले वडा अध्यक्ष मल्लाई के गर्ने भनेर सोध्यो । उनले यत्तिकै छोडिदिन भनेपछि नवराजको आफन्तलाई जिम्मा लगाएर घर पठाएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह श्रेष्ठले बताए । उनीहरु विच स्थानीयका अनुसार जेठ १० गते केटा पक्ष लिन चौरजहारी जाने र केटी भागेर केटाको घर फर्किने सल्लाह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्मिका प्रहरी निरिक्षक कविराज रोकायाले घटनाको बिषयमा संलग्न भएका व्यक्तिहरु को को थिए । घटना के कसरी हुन गयो भन्ने प्राविधिक रुपमा हामी अनुसन्धानको प्रक्रियामा छौ ।  भिडियो सहित

 

घटनाको बिषयमा विभिन्न रुपमा प्रचार प्रसार भएकोले यसको मुख्य कुरा मल्ल र बिश्वकर्मा विचको अन्तरजातीय कारणले घटना भएको भन्ने कुराले तरङग बनाएको नेकपा रुकुम पश्चिम द्धारा गठित छानविन समितिका संयोजक चन्द्र बहादुर विश्वकर्माले बताए । केटा र केटी विचको २०७५ साल देखि फेशबुक मार्फत सम्बन्ध हुदै आएको र पछि २०७६ को पुसमा प्रत्यक्ष भेटघाट भएको त्यसपछि प्रेम सम्बन्ध बडदै गएको तर पछि प्रेम सम्बन्ध टुटदै आएको बुझिन्छ । भिडियो सहित

 

चौरजहारी पछि घटनाको बारेमा थप बुझनलाई हामी जाजरकोट हिडेका थियौ । चौरजहारी मटेलामा रहेको झोलुङगे पुल तरेपछि जाजरकोट भेरी नगरपालिका पुग्यौ । बाटोमा लकडाउनका कारणले होला मान्छेहरु खासै हिडेका थिएन तर आफनो घरअगाडी बसेर सबैले शनिबार भएको घटनाको बिषयमा छलफल गर्दै थिए । सुरुमा हामी पिडितको घरमा पुग्दा रुवाबासी थियो । साथमा भेरी नगरपालिकाका मेयर सीपी घर्तिले नवराजको बुवा आमालाई सम्झाउदै थिए । उनले आफुले घटनाको सत्यतथ्य बाहिर ल्याउन पत्रकारलाई समेत चनाखो हुन आग्रह गरेका थिए । मान्छे नै मार्ने किसिमको दुखद घटना हो । भिडियो सहित

१२ कक्षा पास गरेका नवराज प्रहरीमा छनोट भएका थिए लकडाउनले गर्दा तालिम रोकिएको थियो भने केटी यसै बर्ष एसईई परिक्षा दिने तयारीमा थिइन । नवराजको बुवाका अनुसार यहि पुस १२ गते जाजरकोटमा लागेको रमाईलो मेला हेर्न आएको बेला घरमा चार दिन बसेकी थिइन । त्यसबेला उनले नवराजको कोठामा बस्छु भनेपछि मैले यस्तो कुरा नगर केटा मान्छे केटीको कोठामा जान्छकी केटीको कोठामा आउछ नानु अलि बिचार गरे भनेपछि उनले अकंल हाम्रो बिहे त पछि गरौला भनेपछि । भिडियो सहित

 

यस्तै पिडित पक्ष र दलित अधिकारकर्मीहरुले घटनालाई मोडन खोजीएको भन्दै सत्यतथ्य छानवीन गर्न माग गर्दै सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय जाजरकोटमा धर्ना दिए । उनीहरुले नाराजुलुस सहित खलंगा बजार परिक्रमा गरेर दोषिलाई कारवाहीको माग गरेका थिए । भिडियो सहित

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार