अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

जेठ १५ काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । महामारीका रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या एक लाख ४७ पुगेकाे बीबीसीले जनाएको छ ।

कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कुल ४४ वर्ष भएको युद्धमा जति अमेरिकी नागरिकको ज्यान गएको थियो करिब सोही संख्यामा कोरोना संक्रमणको यो तीन महिना अमेरिकामा ज्यान गुमाउनु परेको हो ।

विश्वमा अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देश हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा १ लाख ४७ हजारको कोरोनाका काराण ज्यान जान सक्ने बताउँदै आएका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार