शरीरमै आगो सल्केर गम्भीर घाइतेको मृत्यु

शरीरमै आगो सल्केर गम्भीर घाइतेको मृत्यु

जेठ १६ काठमाडौ

सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् ।

उनको उपचारका क्रममा बिहीबार राति अस्पतालमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।

गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार