सोती घटना : दोषिलाई कावाही गर्न नेकपा रुकुम पश्चिम द्धारा सरकार सँग माग

सोती घटना : दोषिलाई कावाही गर्न नेकपा रुकुम पश्चिम द्धारा सरकार सँग माग

जेठ १६ काठमाडौ
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा जेठ १० गते भएको घटनाका दोषि उपर कावाही गर्न सरकार सँग नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रुकुम पश्चिमले माग गरेको छ ।

घटनाको वास्तविक अनुसन्धानमा पूर्ण सहयोग गर्ने नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रुकुम पश्चिमले प्रतिवद्धता जनाएको छ। शुक्रबार रुकुम जिल्ला नेकपा अध्यक्ष गोपाल शर्माद्वारा जारी विज्ञप्तिमा घटनाको घोर भर्त्सना गर्नुका साथै दोषीउपर कडा कारबाही गर्न माग गरिएको छ। जेठ १० गते रुकुम चौरजहारीमा एक युवतीसँगको अन्तर्जातीय प्रेम सम्बन्धका विषयमा विवाद हुँदा जाजरकोटका नवराज विक सहित ५ जनाको मृत्यु भएको थियो भने एक जना अझै बैपत्ता छन्।

रुकुम घटनालाई पार्टीले राजनीतिक परिवर्तनको स्तरमा सामाजिक सांस्कृतिक रुपान्तरणमा अपुग भएको निष्कर्ष निकालेको छ। रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद् जनार्दन शर्माको निर्देशनमा पार्टी कार्यालय मार्फत चन्द्रबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भइसकेकाले सत्य तथ्य छानबिन गर्ने विज्ञप्तिमा उल्लेख छ।

घटनाको पृष्ठभूमिमा अन्तर्जातीय प्रेम सम्बन्ध, स्थानीय र बाहिरबाट आएका युवाहरूबीच विभिन्न अवस्थाको इगो र लकडाउन परिपालन गर्ने गराउने मनोविज्ञान देखिएको विज्ञप्तिमा उल्लेख छ। त्यस घटनामा ५ जनाको मृत्यु तथा एक जना बेपत्ता भएपछि गम्भीर प्रकृतिको घटना हुन पुगेको भनिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार