मृतक टिकारामका परिवारलाई विभिन्न व्यक्तिबाट किरिया खर्च प्रदान

मृतक टिकारामका परिवारलाई विभिन्न व्यक्तिबाट किरिया खर्च प्रदान

जेठ १७ रुकुम पश्चिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका चौरजहारी नगरपालिका १ निवासी टिकाराम नेपालीका परिवारलाई विभिन्न व्यत्तिहरुबाट किरिया खर्च स्वरुप सहयोग रकम प्रदान गरिएको छ ।

रुकुम निवासी राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरी, संघिय सांसद तिर्था गौतम, जाजरकोटका नेपालीका काँग्रेसका नेता राजिव बिक्रम शाह, नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओली र चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले पीडित परिवारलाई किरिया खर्च स्वरुप सहयोग उपलब्ध गराउँनु भएको हो । टिकारामको किरिया खर्चको लागि एक लाख सहयोग उपलब्ध भएको छ ।

शुक्रबार चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले मृतकका परिवारजनलाई ३० हजार र खाद्यन्न सामाग्री उपलब्ध गराउनु भएको थियो । त्यसै गरी आज राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरीले १० हजार, संघिय सांसद तिर्था गौतमले १० हजार, काँग्रेस नेता राजिव बिक्रम शाहले २५ हजार र नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले २५ हजार सहयोग प्रदान गर्नुभएको हो ।

सहयोगी सबै व्यक्तिहरुले टिकाराम लगायत उक्त घटनामा मारिएका परिवाजनले न्याय पाउनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाहि हुनुपर्ने बताउँनुभएको छ । उहाँहरुले उक्त घटना अकल्पनिय र बर्बरतापुर्ण रहेकोले घटना अनुसन्धान प्रक्रियामा सहयोग गरेर पीडितलाई कारबाहि गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार