सोती घटनाको थप अनुसन्धान गर्न मानव अधिकार आयोगको टोली घटनास्थल प्रस्थान

सोती घटनाको थप अनुसन्धान गर्न मानव अधिकार आयोगको टोली घटनास्थल प्रस्थान

जेठ १८ काठमाडौ
अन्तरजातीय विवाहको बिषयलाई लिएर जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोेतीमा पाँच जनाको ज्यान गएको र एक जना वेपत्ता भएको घटनाको थप अनुगमन तथा अनुुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको आयोगका प्रवक्ता वेद भट्टराइले जानकारी दिनुभएको छ ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोगको टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने जनाएको छ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पुर्‍याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दा समेतलाई आयोगले आग्रह गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार