मध्यरातमा बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

मध्यरातमा बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

जेठ १९ काठमाडौ । पुर्ब –पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा सवारी दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना आइतबार राति सवा १२ बजे भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार