भारतबाट उद्धार गरिएका नेपाली बोकेको गाडी मध्यरातमा दुर्घटना, १२ जनाको मृत्यु

भारतबाट उद्धार गरिएका नेपाली बोकेको गाडी मध्यरातमा दुर्घटना, १२ जनाको मृत्यु

जेठ १९ काठमाडौ

भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपाली बोकेर फर्किएको हाइस गाडी मध्यरातमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस गाडी रोकिराखेको ट्रकसँग ठोक्किदा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।

मृतकमध्ये ११ पुरुष र एक महिला रहेकी छिन् । उनीहरुको नामावली संकलन भइरहेको छ भने शव भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

आइतबार राति सवा १२ बजे भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गाडीमा ३३ जना सवार थिए ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट  नेपालगञ्ज नाकाबाट उद्धार गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार