बैतडीको क्वारेन्टिनमा मृत्यु भएकी युवतीलाई मुटुको समस्या थियो

Corona-Ad-Raptisonari

बैतडीको क्वारेन्टिनमा मृत्यु भएकी युवतीलाई मुटुको समस्या थियो

Florence Ad

जेठ २० काठमाडौ
बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ ।

मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरले जानकारी दिनुभएको ट ।

‘१८ गते क्वारेन्टाइनमा आएका थिए,’ उनले भने, ‘हिजो राति करिब २ बजे एक्कासी मृत्यु भएको हो ।’ मृतक महिना, उनका श्रीमान्, १८ महिनाको छोरा र एक जना आफन्तको स्वाब संकलनको तयारी भइरहेको कुँवरले जानकारी दिए ।

उनका अनुसार उनी त्यहीँ जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै बैतडी पुगेकी थिइन् । मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । आर्थिक समस्याका कारण बिगत केही दिनदेखि औषधि सेवन नगरेको उनी बताउँछन् ।

नियमित औषधि सेवन नगर्दा मृत्यु भएको अनुमान गरिए पनि मृत्युको कारण त्यही हो भन्न नसकिने भट्टले बताए

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad