सोती घटनाको निष्पक्ष छानबिनको माग गर्दै मुसिकोटमा प्रदर्शन (फोटो फिचर)

सोती घटनाको निष्पक्ष छानबिनको माग गर्दै मुसिकोटमा प्रदर्शन (फोटो फिचर)

जेठ २३ काठमाडौ

रुकुम चौरजहारी नगरपालिका- ८ सोतीमा भएको घटनाको विरोधमा समाजवादी दलित मुक्ति महासंघ र समाजवादी बिद्यार्थी युनियन रुकुम पश्चिमले खलंगामा प्रदर्शन गरेको छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शुक्रबार मुसिकोट खलंगामा विरोध र्‍याली गरेको छ । उनीहरुले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

आजै जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा बाहिर सामाजिक दुरी कार्यम गरेर धर्ना समेत दिएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन ।

पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उनीहरुले माग गरेका छन । मृत्यु भएका  ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने र जातीय विभेद अन्त्य गर्नुपर्ने उनीहरुको माग छ । माग पुरा नभए चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ कि मल्ल थरकी केटीसँग अन्तरजातीय प्रेम सम्वन्धका कारण भेरी नगरपालिका ४ का नबराज विक सहित ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटनामा संलग्न रहेको आरोपमा २५ जना पक्राउ गरेको छ । भने २ जना फरार रहेका छन ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा ६ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै रुकुम प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

फोटो सौजन्य : अमर ओली

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार