कोरोना भाइरसः विश्वमा चार लाख भन्दा बढीको मृत्युु

krishi
Duduwa Corona

कोरोना भाइरसः विश्वमा चार लाख भन्दा बढीको मृत्युु

  •  
  •  
  •  
  •  
  •  
  •  

जेठ २५ काठमाडौ

कोरोना भाइरसको महामारी युरोपसहितका क्षेत्रमा आरालो लाग्ने क्रममा रहे पनि दक्षिण अमेरिका र दक्षिण एसियामा लगातार बढ्दो क्रममा छ ।

विश्वमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झण्डै सात लाख पुगेको छ । यस्तै कोडिभ–१९ बाट विश्वभर चार लाख भन्दा बढीको ज्यान गएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोतका अनुसार विश्वभर कुल संक्रमितको संख्या ६९ लाख ८५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या चार लाख दुई हजार भन्दा बढीको ज्यान गएको छ ।

रंगभेदविरुद्धको आन्दोलनका कारण सामाजिक दूरीसहितका सावधानीहरु भंग हुँदा अमेरिकासहितका देशमा संक्रमण बिस्तार हुने जोखिम बढेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १९ लाख ३८ हजार भन्दा बढी रहेको छ । त्यसमध्ये एक लाख १० हजार चार सय भन्दा बढीको ज्यान गएको छ ।

संक्रमितको संख्यामा दक्षिण अमेरिकी देश ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ ६ लाख ७२ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये ३५ हजार ९३० जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा धेरैको मृत्यु बेलायतमा भएको छ । बेलायतमा कोभिड–१९ का कारण ४० हजार ६२५ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या दुई लाख ८७ हजार भन्दा बढी रहेको छ ।

बेलायतमा भन्दा रुसमा धेरै संक्रमित छन् । त्यहाँ चार लाख ६७ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये पाँच हजार ८५१ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा हालसम्म दुई लाख ५७ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये सात हजार २०७ जनाको ज्यान गएको छ ।

अहिलेसम्म ३४ लाख ६० हजार मानिस निको कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन्।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार