सोती घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

सोती घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

जेठ २६ काठमाडौ
रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीका घटेको घटनामा नवराज विक लगायत ६ जना जाजरकोटका युवाको हत्या भएको थियो । दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो । ।

यस अघि घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिप्रति आफ्नो विश्वास नरहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार