कालिकोट दुर्घटनामा २ जनाको मृत्यु, ३ जना बेपत्ता

कालिकोट दुर्घटनामा २ जनाको मृत्यु, ३ जना बेपत्ता

जेठ २८ काठमाडौ
आज बिहान कालीकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । टिपरमा सवार २७ जना यात्रु सम्पर्कमा आएका छन् । टिपरमा जम्मा ३९ जना सवार भएको र दुर्घटनाअघि नै केही यात्रु सडकमा हाम्फालेको प्रहरीले बताएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । ३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १० स् ४० मा लालीघाटस्थित कर्णाली नदीमा खसेको थियो ।

टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना प्रकोपको कारण भारतका विभिन्न ठाउँबाट आएका उनीहरुलाई कालीकोटको रास्कोटस्थित क्वारेन्टाइनमा लगिँदै थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार